Listen LIVE

एकिकृत पाठ्यक्रमबारे कार्यशाला गोष्ठी सम्पन्न

नेपालगञ्ज : बर्दियाको गुलरियामा सञ्चालन गरिएको एकिकृत पाठ्यक्रम सम्बन्धि तीन दिन कार्यशाला गोष्ठी सम्पन्न भएको छ । 

प्लान नेपालसँगको साझेदारीमा बाँके युनेस्को क्लव र शिक्षा, युवा तथा खेलकुद शाखा गुलरिया नगरपालिकाको समन्वयमा सञ्चालित शसक्त बालिका परियोजना अन्र्तगत सो कार्यशालाको आयोजना गरिएको हो । 

सो कार्यशालामा गुलरिया नगरपालिका अन्तर्गतका ४६ वटा सामुदायिक बिद्यालयका कक्षा १ देखि ३ सम्मका १४० जना शिक्षकहरुको सहभागिता रहेको शसक्त बालिका परियोजना संयोजक गोबिन्द प्रसाद लामिछानेले जानकारी दिए ।

उनले सो गोष्ठिको मुख्य उदेश्य बिद्यार्थीहरुको सिकाई प्रक्रिया तथा मुल्याङ्कन पद्धतिमा सहजता ल्याउनका लागि बिद्यार्थीहरुको मानसपटलमा सकारात्मक लैगिंक अभ्यासहरुको सिकाई, समाजमा रहेका नकारात्मक लैगिंक अवधारणा सम्बन्धि सोचहरुमा परिवर्तन, बिधार्थीहरुको व्यवहारमा परिवर्तन ल्याउन, नैतिक शिक्षामा जोड, बिधार्थीहरुको सृजनासिलता सीप विकास, नव परिवर्तन र वैज्ञानिक र व्यवहारिक शिक्षण सिकाई उपलब्धि गर्नमा सहयोग पुर्याउनु रहेको बताए । 

कार्यशालाको सहजिकरण मधुवन नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख नारायण प्रसाद खनाल तथा ठाकुरबाबा नगरपालिका शिशु बालमन्दिरका प्रधानाध्यापक शंकर प्रसाद आर्चायले गरेका थिए । 

गोष्ठिमा बाँके युनेस्को क्लवका परियोजना कार्यक्रम अधिकृत ईश्वर बिक, अनुगमन तथा मुल्याङ्कन अधिकृत अनु चौधरी, फिल्ड सुपरभाईजर भगवती बिकको पनि उपस्थिती रहेको थियो ।

उक्त कार्यशालाको समापन कार्यक्रममा तालिमका सहभागि सुजना भुषालले कार्यशाला गोष्ठी अतिनै उपलब्धिमुलक सिकाई, सकारात्मक बुझाई, समय सान्दर्भिक, बिद्यार्थीहरुलाई एकिकृत पाठ्यक्रममा मुल्याङ्कन पद्धती तथा व्यवहारिक शिक्षण सिकाई तथा बिद्यार्थीेको सिकाई उपलब्धीमा सहयोग पुग्ने रहेको बताइन् । 

उनले शसक्त बालिका परियोजनाले बिद्यालयको शैक्षिक गुण्स्तर परिवर्तन गरी बालबालिकाहरुको नेतृव्व विकास र अध्ययन रुचिमा सहयोग पुगिरहेका कारण पालिकाले यस्ता खालका क्षमता अभिबृद्धि कार्यक्रमहरुलाई निरन्तरता दिन माग गरिन् । 

त्यसैगरी शिक्षका सरला रेग्मीले बिद्यालयमा बिद्यार्थीको अत्याधिक संख्या रहेको तर सो अनुसार शिक्षकको व्यवस्थापन नगरिँदा शिक्षकहरु मर्कामा परेका कारणले मुल्याङ्कन पद्धतिलाई पुर्णरुपमा कार्यान्वयन गर्न नसकिरहेको गुनासो गरिन् ।

प्रतिक्रिया