रुपन्देही : रुपन्देही जिल्लाको मायादेवी गाउँपालिका वडा २ मा एकजना युवक रगताम्य अवस्थामा मृत फेला परेका छन्।
मायादेवी २ डञ्चहवाका २९ वर्षीय राकेश सिंह लोध रगताम्य अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी सुरज कार्कीले जानकारी दिए ।
मृतक लोधको टाउकोमा गइभिर चोट रहेको डिएसपी कार्कीको भनाई छ । प्रहरीले लोधको हत्या भएको हुने सक्ने जनाएको छ । प्रहरीका अनुसार लोधको आफ्नो दाइँसँग अंशबण्डा लफडा रहेको थियो । स्थानीयले भने लोधलाई गोली हानेर हत्या गरेको जनाएका छन् ।
२९ वर्षीय अविवाहित लोध घरमा एक्लै बस्दै आएका थिए । उनका बुबा आमा तथा दाजु भाइ अन्यत्रै बस्दै आएका छन् । प्रहरीले घटनाको प्रारम्भिक अनुसन्धान शुरु गरेको जनाएको छ । प्रहरीका अनुसार घटना बिहान साढे ७ बजेतिरको हो ।
प्रहरीले बिहान ८ जानकारी पाएपछि घटनास्थल पुगेको जनाएको छ । प्रहरीले रगताम्य अवस्थामा लोधको शव फेला पारेको थियो ।
दाजुभाइ वीच अंश मुद्दामा लफडा चलेपछि उनीहरू वीच अंश विवादमा अदालतमा मुद्दा समेत चलेको पारिवारिक श्रोतले जनाएको छ ।
घटना पश्चात् लोधका दाजु फरार रहेको प्रहरीले जनाएको छ । घटनाको अनुसन्धान र दाजुको खोजी एकसाथ जारी राखेको प्रहरीले जनाएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार