Listen LIVE

बर्दियामा भारतीय नागरिक पेस्तोलसहित पक्राउ

बर्दिया : प्रहरीले बर्दिया मधुवन नगरपालिका–८ हाटबजारस्थित कोठारी थारुको घरबाट एक थान पेस्तोल फेला परेको छ । गत वैशाख २० गते थारुले भारतीय नागरिकलाई घरको एउटा कोठा भाडा दिएका थिए । 

भारत उत्तरप्रदेश बहराइच जिल्ला थाना मोतीपुर थाना उर्लाबजार घर बताउने सरोवर राइन बसेको कोठाबाट एक थान पेस्तोल फेला परेको प्रहरीले जनाएको छ ।

गत भदौ २० गते कसैलाई जानकारी नदिई घर छाडी गएकोमा घरबेटीले कोठा सफा गर्दा टुक्सन लेखेको सेतो फाइबरको झोलमा पेस्तोल फेला परेको जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी एवं डीएसपी तुल्सीराम अर्यालले बताए । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको डीएसपी अर्यालले जनाए ।

प्रतिक्रिया