नेपालगञ्ज : बाँकेको खजुरामा एकाबिहानै भेटिएको शंकास्पद वस्तु नेपाली सेनाले निश्क्रिय पारेको छ । नेपालगञ्ज गुलरिया हुलाकी सडकअन्तर्गत खजुरा बजारस्थित पेडारी नालाको पुलमाथि फेला परेको शंकास्पद वस्तु नेपाली सेनाको बम डिस्पोजल टोलीले निश्क्रिय पारेको हो ।
घटनास्थललाई बिहानैबाट नियन्त्रणमा लिएर नेपाली सेनाको बम डिष्पोजल टोलीले शंकास्पद वस्तुलाई विष्फोट गराई निश्क्रिय पारेको बाँकेका प्रहरी प्रवक्ता डीएसपी दीपक पातलीले बताए । उनका अनुसार घटनास्थलमा कुनै पर्चा वा जिम्मेवारी लिएको सामग्री भने फेला परेको छैन ।
पुरानो पुलमाथि कुकर जस्तो देखिने वस्तु फेला परेपछि प्रहरीले सेनालाई बोलाएको डीएसपी पातलीलले बताए । फेला परेको वस्तु बम भए–नभएको बारे सेनाले खुलाएको छैन । ‘कुकरमा कालो टेप टाँसेर खतरा लेखिएको वस्तु पुरानो पुलमा भेटिएपछि घटनास्थललाई नियन्त्रणमा लिएर सेनालाई खबर गरेका हौं ।’ उनले भने ।
प्रहरीले शंकास्पद वस्तु निश्क्रिय नहुँदासम्मका लागि हुलाकी सडक बन्द गरेर नेपालगञ्ज गुलरिया सडकमा चल्ने सवारी साधनलाई बैकल्पिक मार्गबाट संचालन गराएको थियो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार