Listen LIVE

बर्दियामा एकैदिन १२ जना फरार प्रतिवादी पक्राउ

बर्दिया : जिल्ला अदालतबाट विभिन्न समयमा कैद सजाय फैसला भएका १२ जना फरार प्रतिवादीलाई पक्राउ गरिएको छ । पक्राउ परेका लागूऔषध, चेक अनादर, अभद्र व्यवहार, जालसाज, अंशसहितको सम्बन्ध विच्छेद र सवारी ज्यान मुद्दाका फरार प्रतिवादी रहेको प्रहरीले जनाएको छ ।

जालसाज मुद्दाका विकास पुन, चेक अनादरका अमिर खान, लागूऔषध ब्राउन सुगरका रोजन पुरी, प्रकाश सुनार, अभद्र व्यवहारका पाँच जना किशोर, अंशसहित सम्बन्ध विच्छेदका भविन्द्रसिंह ठकुरी र सवारी ज्यानमा एक किशोर रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी एवं डीएसपी ऋषीराम घर्ती मगरले बताए ।

पक्राउ परेका १२ जनालाई आवश्यक कारबाहीका लागि जिल्ला अदालत बर्दियामा दाखिला गरेको उनले जनाए ।

प्रतिक्रिया