नेपालगञ्ज : बाँकेमा पहिलो पटक हुम्ली एकता समाज गठन हुँदैछ । “सामूहिक जमघट हाम्रो आवश्यकता, बाँकेमा हुम्लीको एकता र दिगो विकासको सुनिश्चितता” भन्ने मुल नाराका साथ बाँकेमा हुम्ली एकता समाज गठन हुने भएको छ ।
हुम्ला जिल्लाबाट बाँके जिल्लाका बसाईसराई तथा बसोबास गदै आउनु भएका सम्पुर्ण हुम्लीहरुलाई समेटेर एकता समाज गठन गर्न लागेको हुम्ली एकता समाजका अगुवा अशोक भण्डारीले जानकारी दिएका छन् ।
भाद्र २२ गते शनिबार कोहलपुरमा हुने हुम्लीहरुको भेलाबाट तदर्थ समिति गठन गर्ने योजनाका साथ भेला बोलाइएको भण्डारीले जानकारी दिए ।
बाँकेका ८ वटै स्थानीय तहमा बसोबास गदै आइरहेका सम्पुर्ण हुम्लीवासी महिला पुरुषलाई २२ गतेको भेलामा उपस्थित हुनका लागि पत्रचार गरिएको भण्डारीले बताए ।
2024-09-05
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार