Listen LIVE

आजदेखि देशभर पाटेबाघ गणना गरिँदै

नेपालगञ्ज : पाँचौं राष्ट्रिय बाघ गणनाअन्तर्गत चितवन, पर्सा, बाँके, बर्दिया र शुक्लाफाँटा र लालझाडी करिडोरका बाघ गणना आजदेखि शुरु भएको छ । वैज्ञानिक विधिबाट तीन वटा ब्लकका बाघको गणना हुन लागेको हो ।

गणनाका लागि २ हजार ३ सय स्वचालित क्यामरा प्रयोग गरिएको छ भने ८ हजार ४ सय वर्ग किलोमिटर क्षेत्रका बाघको संख्या, बासस्थान र आहाराबारे अध्ययन र अनुगमन हुन लागेको हो । सन् २०२२ मा १ हजार ८ सय ४३ क्यामरा प्रयोग गरिएको थियो । बाघको गणना चैतसम्म चल्नेछ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको संयोजनमा राष्ट्रिय प्रकृति संरक्षण कोष, डब्लुडब्लुएफ र जेडएसएल लगातयका निकायको सहयोगमा गणना हुन लागेको हो ।

मुलुकभर करिब २ सय ५० जना दक्ष जनशक्ति गणनामा खटिएका छन् । नेपालमा सन् २००९ देखि स्वचालित क्यामरा राखेर बाघको संख्या यकिन गर्न लागिएको हो । २०२६ जुलाई २९ मा पर्ने विश्व बाघ दिवसका दिन गणनाको नतिजा सार्वजनिक गरिने छ । सन् २०२२ मा भएको गणनामा ३ सय ५५ बाघ थिए । पछिल्लो एक सय वर्षमा विश्वमै ९३ प्रतिशत बाघको बासस्थान र ९७ प्रतिशत संख्या घटेका बेला नेपालमा पाटेबाघको संख्या १२ वर्षमा झन्डै तेब्बर भएको छ ।

प्रतिक्रिया