नेपालगञ्ज : सशस्त्र प्रहरी बल नेपाल नम्बर ४२ रिजर्भ गण हेडक्वाटर शमशेरगञ्ज बाँकेले आफ्नो २४औं स्थापना दिवस धुमधामका साथ मनाएको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर ४२ रिजर्भ गणका गणपति एसपी प्रमोद कुमार भारतीको अध्यक्षता, सशस्त्र प्रहरी बल नेपाल नम्बर ५ विन्ध्यावासिनी बाहिनीका बाहिनीपति डीआइजी प्रदीप कुमार पालको प्रमुख आतिथ्यता तथा कोहलपुर नगरपालिका प्रमुख पुर्ण प्रसाद आचार्य र राप्तीसोनारी गाउँपालिका अध्यक्ष तप्त बहादुर पौडेलको विशिष्ट आतिथ्यतामा शनिबार राप्तीसोनारी गाउँपालिका वडा नम्बर ८ शमशेरगञ्जस्थित गणमा स्थापना दिवस भब्य समारोहका बीच मनाइएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ४२ रिजर्भ गणले जानकारी दिएको छ ।
स्थापना दिवस कार्यक्रमलाई सम्बोधन गर्दै डीआइजी पालले देश र जनताको सुरक्षाको लागि अहोरात्र खटिएर सशस्त्र प्रहरी बल नेपाल नम्बर ४२ रिजर्भ गणले राज्यले दिएको जिम्मेवारीलाई उत्कृष्ट तवरले निभाएकोप्रति प्रशंसा गरेका थिए । साथै डीआइजी पालले सशस्त्र प्रहरी बलको परिचालनको नीतिलाई आत्मसाथ गरी संगठनको भिजन अनुसार सीमा सुरक्षा, आन्तरिक सुरक्षा, राजस्व संकलन तथा विपद व्यवस्थापनको अवधारणालाई प्राथमिकतामा राखी प्रभावकारी ढंगले संगठनको उद्देश्य प्राप्तिको लागि उच्च मनोबल एवं कार्यकुशलता प्रदर्शन गर्न सशस्त्र प्रहरी बल नेपाल नम्बर ४२ रिजर्भ गणका गणपतिसहित सकल दर्जालाई निर्देशन दिएका थिए ।
कार्यक्रममा कोहलपुर नगर प्रमुख आचार्य, राप्तीसोनारी अध्यक्ष पौडेल, सहायक प्रमुख जिल्ला अधिकारी खडानन्द खत्रीले सीमा सुरक्षा, जिल्लाको शान्ति सुरक्षा तथा विपद् व्यवस्थापनमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ४२ रिजर्भ गण बाँकेले पुरÞ्याएको योगदानको मुक्तकण्ठले प्रशंसा गरेका थिए । उनीहरुले आगामी दिनमा पनि सशस्त्र प्रहरी बल नेपाल नम्बर ४२ रिजर्भ गणले अझ बढी कटिबद्ध र ब्यवसायिक भएर जिम्मेवारी निर्वाहमा निरन्तर योगदान दिइरहने विश्वास लिएको बताएका थिए ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर ४२ रिजर्भ गणका अनुसार स्थापना दिवसमा शहिद परिवारहरुलाई दोसल्लाले सम्मान गरिनुका साथै उत्कृष्ट कार्य गर्ने र बिभिन्न विधातर्फको खेलमा विजयी हुने तथा रक्तदान गर्ने सशस्त्र प्रहरी कर्मचारीहरुलाई पुरस्कार तथा प्रमाणपत्र बितरण गरिएको थियो । कार्यक्रममा अवकाशमा गएका सशस्त्र प्रहरी कर्मचारीहरुलाई पनि सम्मान गरिएको थियो ।
बिभिन्न साँस्कृतिक प्रस्तुतिहरु समेत देखाइएको कार्यक्रममा सशस्त्र प्रहरी बल नौवस्ता शिक्षालय प्रमुख एसएसपी गंगाराम श्रेष्ठ, नम्बर ३० गण बागेश्वरीका गणपति एसपी शोभाकान्त खनाल, नेपाल पत्रकार महासंघ बाँके अध्यक्ष नवीन गिरी, राप्तीसोनारी गाउँपालिका वडा नम्बर ८ का वडा अध्यक्ष शालिकराम डाँगी लगायत शहिद परिवार, पूर्व सशस्त्र प्रहरी, गण तथा मातहतमा कार्यरत सिनियर अधिकृत, जुनियर अधिकृत, बिल्लादार सशस्त्र प्रहरी कर्मचारी तथा जवानहरुको उपस्थिति रहेको सशस्त्र प्रहरी बल नम्बर ४२ रिजर्भ गण बागेश्वरी बाँकेले जनाएको छ । कार्यक्रममा प्रमुख अतिथि डिआइजी पालले शान्तिको दुत परेवा उडाउनुका साथै केक पनि काटेका थिए ।
त्यस्तै प्रमुख अतिथि र विशिष्ट अतिथिहरुबाट अमर सशस्त्र प्रहरी सहिदहरुप्रति सम्मान प्रकट गर्दै सहिद स्मारकमा पुष्पगुच्छा अर्पण र बृक्षारोपण पनि गरिएको थियो । त्यस अवसरमा प्रमुख अतिथि पाललाई गणपति भारतीले मायाको चिनो प्रदान गरेका थिए । कार्यक्रमको सञ्चालन सशस्त्र प्रहरी नायब उपरीक्षक (डिएसपी) ईश्वर डिसीले गरेका थिए ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर ४२ रिजर्भ गण शमशेरगञ्जले सशस्त्र प्रहरी बल नेपाल नम्बर ५ विन्ध्याबासिनी बाहिनी मातहतका विभिन्न सुरक्षा बेश तथा सीमा इकाईहरुमा जनशक्ति एवम् बन्दोबस्ती सपोर्ट गर्नुका साथै सशस्त्र प्रहरी बल नेपालको रिजर्भ फोर्सको रुपमा परिचालन हुँदै आएको छ । गणमा गोताखोर तालिम प्राप्त जनशक्ति सहितको लुम्बिनी प्रदेश स्तरीय विपद् व्यवस्थापन टिम समेत रहेको छ । यो गणको स्थापना वि.सं. २०५७ साल चैत २३ गते भएको थियो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार