सुर्खेत : बिहेको प्रलोभन देखाई युवतीलाई भारतमा लागेर १५ हजारमा बिक्री गरी फरार रहेका एकजनालाई सुर्खेत प्रहरीले पक्राउ गरेको छ ।
सुर्खेत साविक गुटु गाविस वडा नं. ६ हाल गाउँपालिका वडा नं. ७ बस्ने ६१ वर्षीय भक्त बहादुर बिष्टलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक वीरेन्द्र वीर विश्वकर्माले जानकारी दिए ।
उनका अनुसार, विष्टले २०५७ आश्विन १ गते विवाहको प्रलोभन दिई भारतको गोरखपुरमा लगी १ जना अपरिचित भारतीय नागरिकलाई रू, १५ हजारमा विक्री गरेको आरोपमा पक्राउ परेका हुन् । सुर्खेत जिल्ला साविक गुटु गाविस वडा नं. ८ घर भएकी वर्ष २१ की नामसरा देवी कँडेललाई बिक्री गरेको अभियोगमा २०५८ मंसिर १३ गते जिल्ला प्रहरी कार्यालय सुर्खेतमा मुद्दा दर्ता भएको थियो ।
फरार प्रतिवादीलाई खोजतलास गर्ने क्रममा मंगलबार जिल्ला प्रहरी कार्यालय सुर्खेत र इलाका प्रहरी कार्यालय गुटु सुर्खेतको संयुक्त टोलीले गुटुकै वडा एरियामा वारदात मितिदेखि नै फरार रहेका बिष्टलाई पक्राउ गरिएको विश्वकर्माले बताए ।
पक्राउ परेका विष्टमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार