Listen LIVE

जुनियर नाटाका विद्यार्थीलाई क्षयरोग सम्बन्धि अभिमुखीकरण

नेपालगञ्ज : नेपाल क्षयरोग निवारण संस्था बाँके शाखाको आयोजनामा जुनियर नाटाका विद्यार्थीलाई क्षयरोग सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । नेपालगञ्ज कन्या माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा नाटाका पूर्व केन्द्रीय सदस्य एवं स्वास्थ्य विज्ञ सेमराज शाक्यले क्षयरोगको परिचय, सर्ने माध्यम, क्षयरोगका प्रकार, निदान, उपचार, रोकथाम र क्षयरोग निवारण संस्थाले उपलब्ध गराउने सेवा सुविधाको बारेमा जानकारी दिएका थिए ।

क्षयरोग निवारण संस्था बाँके शाखाका अध्यक्ष जनकराम भण्डारीले केन्द्रीय कार्यक्रम अनुसार आम–समुदायमा जनचेतना अभिबृद्धि गर्ने अभिप्रायले विद्यार्थीहरुमार्फत सन्देश प्रवाह गर्न यो अभिमुखीकरण गरिएको बताए । उक्त विद्यालयमा जुनियर नाटा समिति समेत गठन भएको उनले बताए । अभिमुखीकरण कार्यक्रम भण्डारीको अध्यक्षमा सम्पन्न भएको थियो ।

कार्यक्रममा नेपालगञ्ज कन्या माध्यमिक विद्यालय व्यवस्थापन समिति अध्यक्ष रेणु शेरचन, प्रधानाध्यापक यशोदा नेपाली, नाटा बाँकेका सल्लाहकार सुन्दर शाक्य, कार्यसमिति सदस्य प्रहलाद विश्वकर्मा लगायतको सहभागिता रहेका थियो भने कार्यक्रम सञ्चालन नाटा बाँकेका सचिव बसन्त लमिछानेले गरेका थिए ।

प्रतिक्रिया