बर्दिया : ज्यान मार्ने उद्योग र लागुऔषध मुद्दामा फरार रहेका दुई प्रतिवादी पक्राउ परेका छन् । जिल्ला अदालतको गत बैशाख ३१ गतेको फैसलाले २२ दिनको कैद सजाय भएका गेरुवा गाउँपालिका–५ का एक किशोरलाई गुलरिया नगरपालिका–६ स्थित लुकीछिपी हिडी रहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।
लागुऔषध मुद्दामा कैद सजाय र जरिवाना भई फरार रहेका प्रतिवादी बाँके बैजनाथ गाउँपालिका–३ बनखेतका ३७ वर्षीय नरेश खप्तरीलाई प्रहरीले पक्राउ गरेको हो ।
गत बैशाख ३० गते जिल्ला अदालतले खप्तरीलाई उक्त मुद्दामा १ महिना १७ दिन कैद ,४ हजार जरिवाना र २ सय रुपैयाँ पीडित राहत कोषमा जम्मा हुने फैसला गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एंव डीएसपी ऋषिराम घर्ती मगरले बताए ।
पक्राउ परेका दुबैलाई आवश्यक कारवाहीका लागि जिल्ला अदालतमा हाजिर गराइएको प्रहरीले जनाएको छ ।
2024-12-27
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार