Listen LIVE

खैरो हेरोइनसहित बाँकेमा एक युवक पक्राउ

नेपालगञ्ज : लागुऔषध खैरो हेरोइनसहित बाँकेमा एक युवक पक्राउ परेका छन् । नेपालगञ्ज–१४ का २३ वर्षीय अजय कुमार खटिक १७ ग्राम खैरो हेरोइनसहित पक्राउ परेका हुन् ।

ठुलो परिमाणमा लागुऔषधको कारोबार भइरहेको विशेष सूचनाका आधारमा लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगञ्जबाट खटिएको टोलीले खटिकलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको ।

खैरो हेरोइन बोकेर बसेका अजयलाई नेपालगञ्ज–१३ नम्बर वडा कार्यालय जाने बाटोमा रहेको पेट्रोल पछाडिबाट नियन्त्रणमा लिइएको थियो । उनको साथबाट एक थान मोबाइल समेत मोबाइल बरामद गरिएको छ ।

पक्राउ परेका अजयलाई लागुऔषध नियन्त्रण ब्यूरोले जिल्ला प्रहरी कार्यालयलाई बुझाएर थप अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया