नेपालगञ्ज : बाँकेमा अघिल्लो वर्षको तुलनामा चालू आर्थिक वर्षमा सवारी दुर्घटनामा कमी आएको जिल्ला ट्राफिक कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक पुष्कर राज पन्तले जानकारी दिएका छन् ।
प्रहरी निरीक्षक पन्तका अनुसार, चालू आवको चार महिनामा सवारी दुर्घटनामा परि चार महिलासहित २८ जनाले ज्यान गुमाएका छन् भने साउन र भाद्रमा ६–६ जना, असोज र कात्तिकमा ८–८ जनाले ज्यान गुमाएका छन् । आर्थिक वर्ष ०७९–८० मा ६० र गत आव ०८०–०८१ मा ६६ जनाको सवारी दुर्घटनामा परि ज्यान गएको प्रहरी निरीक्षक पन्तले बताए । उनले आर्थिक वर्ष ०७९–८० मा १२४ र गत आव ०८०–८१ मा १५८ वटा सवारी दुर्घटना भएको जानकारी दिए ।
चालू आवको चार महिनामा ८८ लाख ६४ हजार पाँच सय रुपैयाँ राजस्व सङ्कलन भएको पन्तले बताए । उनले आर्थिक वर्ष ०७९–८० मा दुई करोड ६१ लाख ९७ हजार र गत आव ०८०–८१ मा दुई करोड ४४ लाख २७ हजार रुपैयाँ राजस्व सङ्कलन भएको बताए ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्क अनुसार सबैभन्दा बढी मोटरसाइकल कारबाहीबाट राजस्व सङ्कलन भएको छ । मोटरसाइकल कारबाहीबाट चार महिनामा २७ लाख ६४ हजार रुपैयाँ राजस्व सङ्कलन भएको प्रहरी निरीक्षक पन्तको भनाई छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार