बझाङ : अरिङ्गालले टोक्दा बझाङमा दुई जना वालकको मृत्यु भएको छ । थलारा गाँउपालीका वडा नम्बर–२ घर भएका ३ वर्षका सुरवीर खाती र ५ वर्षका सिया खातीको मृत्यु भएको त्यहाँका वडा अध्यक्ष रवीन्द्र खातीले रेडियो नेपाललाई जानकारी दिनुभएको छ । ७ वर्षकी सुमि खाती उहाँकी आमा डम्मरा खाती र बजैको पनि अरिङ्गालको टोकाईवाट शक्त घाइते भएका छन् ।
उनीहरू सबै एउटै घरपरिवारका सदस्य हुन । घाइते सुमि खातीको अवस्था पनि गम्भीर रहेको वडा अध्यक्ष खातीले जानकारी दिए ।
शनिवार घर नजिकै मेलामा घाँस काटिरहेको अवस्थामा अरिङ्गालले टोक्दा दुवै जना बच्चाहरूको स्थानीय दङ्गाजी स्वास्थ्य चौकी ल्याउँदै गर्दा मृत्यु भइसकेको उनले जानकारी दिए । तिहारको बेला भएको यो घटनाले दङ्गाजी गाउँ अहिले शोकमग्न भएको छ ।
2024-11-03
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार