Listen LIVE

फायरिङ रेञ्जमा आवत–जावत नगर्न प्रशासनको आग्रह

नेपालगञ्ज : ईलाका प्रशासन कार्यालय कोहलपुरका शाखा अधिकृत अन्तिम सिंजालीले एक सार्वजनिक सूचना जारी गर्दै कोहलपुर नगरपालिका–२ कौशिलानगरस्थित फायरिङ रेञ्ज क्षेत्रमा दुई दिन फायरिङ अभ्यास सञ्चालन हुने जानकारी दिएका छन् ।

नेपाली सेना रणबम गण, बाँकेबाट प्राप्त पत्र अनुसार रणबम गणमा सञ्चालन भईरहेको सि.सं. २४ र २५ युनिट आधार तालिमका ४० जना शिक्षार्थीले मंसिर २४ र २५ गते विहान ७ बजेदेखि रात नबस्नेगरी फायरिङ अभ्यास गर्ने भएका छन् ।

अभ्यास लुम्बिनी प्रदेश, बाँके जिल्ला, कोहलपुर नगरपालिका–२, कौशिलानगर स्थित फायरिङ रेञ्ज ईलाकामा हुने हुँदा सो क्षेत्र वरपर आवत–जावत पूर्ण रूपमा नगर्न स्थानीय बासिन्दालाई अनुरोध गरिएको छ ।

प्रशासनले उक्त अवधिमा स्थानीयले अनावश्यक जोखिम नलिई सुरक्षित दूरी कायम गर्न र सूचनालाई कडाइका साथ पालना गर्न आग्रह गरेको छ ।

प्रतिक्रिया