रौतहट : मधेस प्रदेशस्थित रौतहट जिल्लाको मदिरा (रक्सी) उत्पादन गर्ने उद्योगमा (फ्याक्ट्री) विष्फोट भएको छ। आज बिहान कटहरीया नगरपालिका–९ स्थित ज्योती डिस्टीलरी उद्योगमा विष्फोटमा परेर एक जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। रौतहट प्रहरीका अनुसार विष्फोटमा परेर ६ जना कामदार घाइते भएका छन् ।
रौतहट प्रहरीले दिएको जानकारीअनुसार विष्फोटमा परेर लक्ष्मण राय यादवको घटनास्थलमै मृत्यु भएको हो भने विष्फोटमा घाइते हुनेहरुमा रहमत मिया, बलिराम राय, प्रेमजित राय, कैलाश माली, जगदिश राय र बिगन राय रहेका छन् ।
विष्फोटमा घटनामा घाइते भएकाहरुको अवस्था गम्भीर रहेको बताइएको छ भने उनीहरूलाई उपचारका लागि वीरगञ्ज लगिएको प्रहरीले जानकारी दिएको छ।
रौतहट प्रहरीका अनुसार डिस्टीलरीको बोइलर विष्फोट भएको बताइएको छ भने घटनाबारे प्रहरीले अनुसन्धान अगाडि बढाइएको छ।
2025-12-27
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार