प्युठान : बेपत्ता भएको ३५ वर्षपछि प्युठानका एक जना व्यक्तिको पारिवारिक पुनर्मिलन भएको छ । २२ वर्षको उमेरमा भारतको आसाम बोमडुल्लाबाट हराएका प्युठानको गौमुखी–४, खोलाबाङका ५७ वर्षीय कीर्तिमान सुनार फेसबुकका माध्यमबाट घर आइपुगेपछि परिवारमा खुसी छाएको छ । एक महिनाअघि स्थानीय युवक मोहन सुनारसँग फेसबुकमा भेट भएपछि कीर्तिमानको पुनः पारिवारिक पुनर्मिलन भएको हो ।
भेट्ने आशा मरेको छोरा ३५ वर्षपछि सकुशल घर आउँदा खुसी छाएको कीर्तिमानकी ८२ वर्षीय आमा चिमकली सुनारले बताइन् । बेपत्ता छोरासँग भेट भएकामा हर्षको आँसु बगाउँदै आमा चिमकलीले भनिन, “छोरो भेटिने आश नै थिएन, अहिले निकै खुसी छु ।” पैसा कमाउन भारत गएको चार वर्षसम्म कीर्तिमान परिवारको सम्पर्कमा थिए ।
गाउँका साथीसङ्गीमार्फत चिठी आदानप्रदान भइरहन्थ्यो । अचानक ठेगाना र बसाइँ फेरिएर भारतको दुर्गम आसाम तेजुमा गएपछि साथीभाइ र आफन्तसँगको सम्पर्क टुटेको कीर्तिमानले सुनाए । पुनः आफ्नो परिवारसँग भेटेर आफू अत्यन्त खुसी भएको कीर्तिमानले बताए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार