नेपालगञ्ज : बालिका बलात्कारपछि हत्या गरेको आरोपमा बाँकेमा एक जनालाई अदालतले जन्मकैदको फैसला सुनाएको छ । खजुरा गाउँपालिका ४ का २३ वर्षीय रहिस खाँलाई अदालतले जन्मकैदको फैसला सुनाएको हो ।
खाँले २०७९ साल कात्तिक १६ गते गुल्मीको चन्द्रकोट गाउँपालिका ४ शान्तिपुरमा १५ वर्षीया बालिकालाई बलात्कारपछि हत्या गरी शव खोलामा फालेको पुष्टि भएको फैसलामा भनिएको छ । घटनाको एक दिनपछि ती बालिकाको शव शान्तिपुरस्थित हुँग्दीखोलामा नग्न र डुबेको अवस्थामा फेला परेको थियो ।
बालिका श्रीलंकाटोलस्थित आमासँग भाडाको घरमा बस्दै आएकी थिइन् । उनी घटनाको अघिल्लो दिनदेखि सम्पर्कविहीन थिइन् ।
घटनापछि अनुसन्धानमा खटिएको प्रहरी टोलीले खाँलाई पक्राउ गरी जिल्ला अदालत गुल्मीमा पेश गरेको थियो । अदालतले प्रमाणको आधारमा उनलाई दोषी ठहर गर्दै जन्मकैदको फैसला गरेको हो ।
जिल्ला अदालत गुल्मीका न्यायाधीश युवराज गौतमको इजलासले खाँलाई बलात्कार अभियोगमा १४ वर्ष कैद र पाँच लाख रुपैयाँ जरिवाना तोकेको छ ।
त्यस्तै, कर्तव्य ज्यान अभियोगमा अदालतले जीवित रहेसम्म जन्मकैद र तीन लाख रुपैयाँ क्षतिपूर्तिको फैसला गरेको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार