नेपालगञ्ज : सुशासन र कानूनको क्षेत्रमा क्रियाशिल संस्था सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगञ्जले निःशुल्क कानूनी परामर्श सेवा दिने भएको छ । महिला हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत यस वर्ष पनि संस्थाले निःशुल्क कानूनी परामर्श सेवा प्रदान गर्न लागेको हो ।
समुदायमा रहेका महिला, गरिब, विपन्न, असहाय, मुस्लिम महिलाहरुलाई कानुनसंग सम्वन्धित विभिन्न सेवाहरु प्रदान गर्ने आइएचआरसी संस्थाका अध्यक्ष अधिबक्ता विश्वजित तिवारीले बताए । उनका अनुसार १६ दिने अभियानमा विशेष गरि महिलाको कानूनी अधिकारसंग जोडिएकाले उनीहरुको सवालमा पैरवी र सामाजिक सेवाको भावनाले उक्त सेवा प्रदान गरिने छ ।
संस्थाले विगत लामो समयदेखि समुदायका गरिब विपन्न, तथा अल्पसंख्यक समुदायका नागरिकहरुको कानूनी प्रक्रिया अन्र्तगत, निवेदन, जाहेरी, प्रतिउत्तर मुद्दालगायतको सेवा प्रदान गर्दै आएको कार्यकारी निर्देशक राकेशकुमार मिश्रले बताए । यही मसिंर १० गतेदेखि मसिंर २५ गतेसम्म दिवस मनाइनेछ ।
संस्थाले कानूनको क्षेत्रमा विशेष काम गरिरहेकाले कानूनसंग सम्वन्धित विभिन्न सेवाहरु उपलब्ध गराउदै आएको छ । संस्थाले कानूनी परामर्शसंगै अन्य सरोकारवाला निकायसंगको समन्वयमा सचेतनामुलक अभियान पनि संचालन गर्नेछ । यस वर्ष महिला हिंसाविरुद्धको १६ दिने अभियानमा राष्ट्रिय नारा ‘हाम्रो हक, हाम्रो अधिकार, हिंसाविरुद्धको संघर्ष’ तय गरिएको छ ।
संस्थाले समुदायस्तरमा पारलिगलमार्फत कानूनी सचेतना अभियान पनि सञ्चालन गरिरहेको छ । स्थानीयलाई कानूनको बारेमा सचेतना, उनीहरुको स्थानीय सरकारमा पहुँच, सरोकारवाला निकायहरु जस्तै अदालत, प्रहरी, प्रशासनलगायतमा स्थानमा जान सहजीकरण गरिरहेको संस्थाका अध्यक्ष तिवारीले बताए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार