हुम्ला : हुम्लामा माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु हुँदा ४ जना घाइते भएका छन् ।
जिल्लाको सर्केगाड गाउँपालिका–८ ढाडकोटमामा माटो खन्ने क्रममा माटोको ढिस्कोले पुरिएर सर्केगाड गाउँपालिका–७ की २८ वर्षीया नेत्रकला जैसीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
हुम्ला प्रहरीका अनुसार नेत्रकलाको ढिस्कोले पुरिएर घटनास्थलमै मृत्यु भएको थियो। त्यस्तै घाइते हुनेहरुमा २५ वर्षदेखि २८ वर्ष उमेर समूहका सर्केगाड गाउँपालिका–७ कै तिर्थकला जैसी, मञ्जली जैसी, बालकी जैसी र लक्ष्मी जैसी रहेका छन् ।
2025-03-12
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार