Listen LIVE

बर्दियामा ५३ जनालाई लालपूर्जा वितरण

बर्दिया : गुलरियाका ४० र बाँसगढीका १३ गरि ५३ जनालाई जग्गाधनी दर्ता प्रमाण पूर्जा वितरण गरिएको छ ।

दुवै पालिकाको समन्वय र सहकार्यमा भूमि समस्या समाधान आयोग जिल्ला समिति बर्दियाले ५३ जना भूमिहीन दलित र भूमिहीन सुकुम्बासीले जग्गाधनी दर्ता प्रमाण पूर्जा वितरण गरेको हो ।

गुलरिया नगरपालिकाका ४० जना र बाँसगढी नगरपालिका १३ गरि ५३ जनालाई जग्गाधनी दर्ता प्रमाण पूर्जा वितरण गरिएको छ । गुलरियका ४० जनालाई ७ हजार ७ सय २७ दशमलव ९८ वर्गमिटर र बाँसगढीका १३ जनालाई १३ हजार ४ सय २७ दशमलव २३ वर्गमिटर जग्गाको प्रमाण पूर्जा वितरण गरिएको भूमि समस्या समाधान आयोग जिल्ला समितिले जनाएको छ । जोतभोगको आधारमा एक परिवारलाई १२ धुर देखि डेढ कठ्ठासम्म जग्गाको प्रमाण पूर्जा दिईएको छ ।

भुमि समस्या समाधान आयोग समिति बर्दियाका अनुसार भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासी गरि ४५ हजार बढीले जग्गा दर्ता प्रमाण पूर्जा प्राप्तीका लागि निवेदन दिएका छन् ।

प्रतिक्रिया