Listen LIVE

लागूऔषधसहित बाँकेमा दुई जना पक्राउ

नेपालगञ्ज : लागूऔषधसहित बाँकेमा दुई जना पक्राउ परेका छन् । नेपालगञ्ज उपमहानगरपालिका–१३ लालापुरबाट कोहलपुर नगरपालिका– २ मनकामना बस्ने २६ वर्षीय शुभम अधिकारी र कोहलपुर नगरपालिका–१ कौशिलानगर बस्ने २६ वर्षकै किरण राना मगरलाई प्रहरीले पक्राउ गरेको हो ।

शुभमले चलाएको भे ११ प ६७६५ नम्बरको स्कुटिको पछाडी बसेका किरणको गोजीबाट १ ग्राम ०४ मिलिग्राम ब्राउनसुगर बरामद गरेको बाँकेका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक डिएसपी आयुष जोशीले जानकारी दिए ।

वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक अरुण बमको कमान्डमा वडा प्रहरी कार्यालयबाट खटी गएको गस्ती टोलिले शंका लागी स्कुटी रोकी चेकजाँच गर्दा कालो प्लाष्टिक भित्र लागु औषध ब्राउनसुगर फेला परेको प्रहरीले जनाएको छ । पक्राउ परेका दुबैलाई हिरासतमा राखेर अनुसन्धान सुरु भैरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया