Listen LIVE

बर्दियामा बाढीले १५० घर डुबानमा, २ रांगा र १ गोरू मरे

बर्दिया : शुक्रबार बिहान ३ बजेदेखि परेको वर्षाले बर्दियाको बारबर्दिया नगरपालिका–७ दंगपुरुवामा १ सय ५० बढी घर डुवानमा परेका छन् । खोलामा आएको बाढीले दुई वटा रांगा, एउटा गोरु मरेको र एउटा बगाएको बारबर्दिया नगरपालिका विपद् व्यवस्थापन समितिका संयोजक पुस्कल विकले बताए ।

डुबान क्षेत्र बारबर्दियामा सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको टोली पुगेर उद्धार सुरु गरेको छ । यसैबीच बारबर्दिया नगरपालिकामा विपत व्यवस्थापनको बैठक बसेर उद्धार र राहतबारे छलफल सुरु भएको प्रमुख प्रशासकीय अधिकृत टिकाराम गोसाइले जनाए ।

डुबान ग्रस्त क्षेत्रमा विपद् व्यवस्थापन समितिका सदस्य खटिएका छन् । यसैगरी ठाकुरद्वारा नगरपालिकाको १ र ४ वडा मा करिब दर्जन घर डुबानमा परेका छन् ।

पानी निकास नभएका कारण डुबानमा परेको स्थानीयले बताएका छन् ।

प्रतिक्रिया