बाजुरा : बाजुरामा चुनाव सकिएसँगै अधिकांश गाउँबस्ती सुनसान बन्दै गएका छन् । निर्वाचनका बेला गाउँमा आएकाहरू पुनः कामको खोजीमा धमाधम भारत जान थालेपछि अहिले यहाँका गाउँबस्ती सुनसान बन्दै गएका हुन् ।
खप्तड छेडेदह गाउँपालिकाका रामबहादुर रोकायाले निर्वाचनमा मतदान गर्न आएका युवा अहिले फेरि कामको खोजीमा बाहिरन थालेपछि गाउँबस्ती पनि सुनसान बन्दै गएको बताए । उनले भने, æअहिले अधिकांशगाउँबस्ती खाली भइसके ।Æ
कात्तिकमा धान भित्र्याएर मङ्सिरमा गहुँ लगाएपछि बाजुराका गाउँबस्तीका प्रायः तन्नेरी भारततर्फ हिँड्ने गर्छन् । हिउँदे खेती लगाएर भारत पसेकाहरू फेरि वैशाख, जेठमा घर फर्की बाली भित्र्याउँछन् । असारमा खेती लगाएर साउन लाग्दानलाग्दै पुनः कामको खोजीमा भारत पस्छन् । रोकायाले भने, æबाजुराका नौ वटै पलिकाका अधिकांश युवा अहिले भारतका विभिन्न ठाउँमा भेटिन्छन् ।Æ
2026-03-21
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार