Listen LIVE

ब्राउन सुगरसहित बर्दियामा दुईजना पक्राउ

बर्दिया : बर्दियाबाट प्रहरीले ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ।

प्रहरी प्रधान कार्यालयले दिएको जानकारी अनुसार प्रहरी चौकी कालिकाबाट खटिएको टोलीले बढैयाताल गाउँपालिका–७ कण्ठपुरबाट उनीहरुलाई १ सय ५० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो।

पक्राउ पर्नेमा गुलरिया नगरपालिका–६ बस्ने २६ वर्षीय सद्दाम कुरेसी र सोही नगरपालिका–११ लालपुर बस्ने ४५ वर्षीय रमेश अहिर रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ। 

प्रहरी चौकी कालिकाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा आइतबार साँझ भे२ प २५८४ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई ब्राउन सुगरसहित पक्राउ गरेर थप अनुसन्धान सुरु गरेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।

प्रतिक्रिया