बर्दिया : नेपाल पत्रकार महासंघका पूर्व केन्द्रिय उपाध्यक्ष कृष्णप्रसाद बस्याल (राकेश) को मोटरसाइकल दुर्घटनामा परि निधन भएको छ । मधुवन नगरपालिका–८ गणेशचोक नजिक हुलाकी सडकमा साइकल जोगाउने क्रममा भे १३ प ९३६७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।
मोटरसाइकलको पछाडि सवार बस्याल सडकमा खस्दा गम्भीर घाइते भएका थिए। प्रारम्भिक उपचारपछि उनलाई नेपालगञ्जस्थित शिक्षण अस्पताल लगिएको थियो जहाँ उपचारका क्रममा उनको निधन भएको प्रहरी नायव उपरीक्षक चक्रबहादुर डम्मरपालले जानकारी दिए । मोटरसाइकल चालक विष्णु पौडेलको भने बर्दिया अस्पतालमा उपचार भइरहेको छ ।
दुई कार्यकालसम्म नेपाल पत्रकार महासंघ बर्दियाको अध्यक्ष भएका बस्याल केन्द्रिय उपाध्यक्षसमेत भएका थिए । उनले बर्दिया र काठमाडौं दुबै स्थानबाट पत्रकारिता गर्दै रेडियो नेपाल लगायतका सञ्चार माध्यममा योगदान पु¥याएका थिए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार