धनगढी : कैलालीको गोदावरी नगरपालिका –४ चुनेपानीस्थित लक्ष्मीनारायण मन्दिर बगैचाको कुुटीमा बस्दै आएका ७८ वर्षीय साधु रामनारायण डङ्गौराको कुटीमै हत्या भएको बताइएको छ ।
इलाका प्रहरी कार्यालय मालाखेतीका अनुसार कञ्चनपुरको कृष्णपुर नगरपालिका घर भई कुटीमा बस्दै आएका साधु डङ्गौराको बुधबार राति हत्या भएको आशङ्का गरिएको हो ।
साधुको टाउकोमा ढुङ्गा प्रहार गरेर हत्या गरेको जनाइएको छ । साधुको हत्या भएको भन्दै लक्ष्मीनारायण मन्दिरले प्रहरीमा जाहेरी दिएको छ । हत्यामा संलग्न रहेको आशङ्कामा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ ।
2025-09-25
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार