Listen LIVE

अल्टिच्युट एयरको हेलिकोप्टर दुर्घटनाग्रस्त

काठमाण्डौ : पर्यटकको उद्धारका लागि गएको हेलिकप्टर सोलुखुम्बुमा दुर्घटना भएको छ । आज बिहान सोलुखुम्बुको लोबुचेमा अल्टिच्युट एयरको हेलिकोप्टर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जानकारी दिएको छ ।

सोलुखुम्बु प्रहरीका अनुसार सगरमाथा आधार शिविर नजिकै लोबुचेमा उक्त हेलिकोप्टर दुर्घटनामा परेको हो । प्रहरीले दिएको जानकारी अनुसार हेलिकप्टरका पाइलट विवेक खड्काको उद्धार गरिएको छ । 

हेलिकप्टरमा पाइलट मात्र रहेको र उनी सकुशल रहेको प्रहरीले जानकारी दिएको छ । उक्त हेलिकोप्टर ल्यान्ड गर्ने क्रममा हिउँमा चिप्लिएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया