Listen LIVE

गुरु नानक जयन्तीमा बुधबार जानकीमा सार्वजनिक बिदा

नेपालगञ्ज : सिख धर्मावलम्बीहरूको गुरु नानक जयन्ती पर्वको अवसरमा बाँकेको जानकी गाउँपालिकाले १९ गते बुधबार स्थानीय सार्वजनिक बिदा दिएको छ ।

गाउँपालिकाले जारी गरेको सूचनाअनुसार, अत्यावश्यक सेवा बाहेक गाउँपालिकाको कार्यालय, वडा कार्यालयहरू, स्वास्थ्य संस्था तथा शैक्षिक संस्थाहरूमा एक दिनको सार्वजनिक बिदा रहनेछ ।

जानकी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत परशुराम उपाध्यायले सर्वसाधारणलाई जानकारी गराउँदै उक्त दिन गाउँपालिकाभित्रका सबै गैर–अत्यावश्यक सेवा बन्द रहने बताएका छन् ।

प्रतिक्रिया