नेपालगञ्ज : प्रहरी निरीक्षक (इन्स्पेक्टर) शेखर खड्काले वडा प्रहरी कार्यालय नेपालगञ्जको कमाण्ड सम्हालेका छन् ।
इन्स्पेक्टर खड्काले वडा प्रहरी कार्यालय नेपालगञ्जको प्रमुखका रूपमा पदभार ग्रहण गर्दै नगरको शान्तिसुरक्षाप्रति कटिबद्ध भएर लाग्ने प्रतिवद्दता व्यक्त गरेका छन् ।
वडा प्रहरी कार्यालय नेपालगञ्जको कमाण्ड सम्हाल्दै इन्स्पेक्टर खड्काले इमान्दारितापूर्वक काम गर्न वडा प्रहरी कार्यालयमा कार्यरत सकल दर्जालाई निर्देशन दिएका हुन् । कमाण्ड सम्हाले लगत्तै प्रहरी कर्मचारीलाई निर्देशन दिदै इन्स्पेक्टर खड्काले सबैभन्दा पहिला प्रहरी कर्मचारीको चालचलन सहि हुनुपर्ने बताउँदै संगठनले दिएको जिम्मेवारीलाई कर्तव्यनिष्ठ र इमानदारीपूर्वक निभाउन निर्देशन दिएका हुन् । गलत कार्य जो सुकै भएपनि कानुनको दायरा ल्याउन पछि नहट्न प्रहरी कर्मचारीलाई इन्स्पेक्टर खड्काले निर्देशन दिएका हुन् ।
इन्स्पेक्टर खड्का केन्द्रीय अनुसन्धान ब्यूरो पिलर ४ बन्यजन्तु तथा वातावरणसँग सम्बन्धित अपराध अनुसन्धान शाखा लाजिम्पाटबाट सरुवा भएर वडा प्रहरी कार्यालय नेपालगन्जको कमाण्ड गर्न आइपुगेका हुन् । यसअघि वडा प्रहरी नेपालगन्जको प्रमुखमा इन्स्पेक्टर अरुण बम थिए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार