Listen LIVE

लागुऔषधसहित कोहलपुरका दुईजना पक्राउ

नेपालगञ्ज : लागुऔषधसहित बर्दियामा दुई जना पक्राउ परेका छन् । बाँकेको कोहलपुर नगरपालिका–१५ चौधरीया गाउँ बस्ने २८ वर्षीय अभिमन्यु चौधरी र ३५ वर्षीय गणेश थारूलाई लागुऔषधसहित पक्राउ परेका हुन् ।

बर्दियाको बढैयाताल गाउँपालिका–२ फुटाहबाट लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ सय ४० मिलिग्रामसहित दुबै जनालाई प्रहरीले पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यलाय मैनापोखरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

दुबै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरिएको बर्दिया प्रहरीले जनाएको छ ।

प्रतिक्रिया