Listen LIVE

डडेल्धुरामा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु, १२ घाइते

नेपालगञ्ज : डडेल्धुरामा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । १२ जना घाइते भएका छन् । अमरगढी नगरपालिका–७ को खसरेखानमा गएराति पवनदुत यातायातको ना ८ ख १०७८ नम्बर बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक उपेन्द्र बमले दुर्घटनामा बैतडीको पुर्चौडी नगरपालिका–३ का ४५ वर्षीया जैमती बोहोरा, २१ वर्षीया कमला बोहोरा, उनका दुई दिने नाबालक शिशु र २२ वर्षीय सहदेव बोहोराको मृत्यु भएको जानकारी दिए । 

बस महेन्द्रनगरबाट बैतडीको पुर्चौडीतर्फ गइरहेको थियो । घाइते १२ जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया