नेपालगञ्ज : बाँकेको नेपालगञ्जबाट लागुऔषध खैरो हेरोइनसहित अटोरिक्सा चालकलाई प्रहरीले पक्राउ गरेको छ ।
लागुऔषधको कारोबार भइरहेको विशेष सूचनाका आधारमा लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगञ्ज र बाँके प्रहरीको संयुक्त टोलीले १ ग्राम ३२० मिलिग्राम खैरो हेरोइनसहित नेपालगञ्ज–२१ का २४ वर्षीय गोलु बढईलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार आइतबार राति नेपालगञ्ज–४ कलपत्रु होटेल अगाडि भे १ ह ९५१० नं. को अटो चालक गोलुलाई १ ग्राम ३२० मिलिमिटर खैरो हेरोइनसहित नियन्त्रणमा लिइएको हो । खैरो हेरोइनसँगै राखेर जाँदै गरेको अवस्थामा टोलीले गोलुलाई एक थान मोबाइलसहित पक्राउ गरेको हो ।
पक्राउ परेका गोलुमाथि लागुऔषध कसुरमा थप अनुसन्धान अगाडि बढाएको बाँके प्रहरीले जनाएको छ ।
2025-12-08
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार