Listen LIVE

प्रतिवन्धित औषधिसहित बाँकेमा एक पक्राउ

नेपालगञ्ज : बाँकेको जमुनाहास्थित सीमा नाकाबाट प्रहरीले ठूलो परिमाणमा प्रतिवन्धित औषधिसहित एक युवकलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार नेपालगञ्ज–१५ स्थित जमुनाहा चेकपोष्टबाट कैलालीको लम्कीचुहा नगरपालिका–१ का दिनेश रेग्मीलाई ६ सय ट्याबलेट प्रतिवन्धित औषधि एभिल (२५ एमजी) र ६ सय एभिल (५० एमजी) ट्याबलेटसहित इलाका प्रहरी कार्यालय जमुनाहाको टोलीले पक्राउ गरेको हो ।

दिनेशलाई प्रहरीले जाँचका क्रममा भारतको रुपईडिहाबाट अवैधरुपले लुकाएर ल्याउँदै गरेको अवस्थामा उक्त परिमाणको प्रतिवन्धित औषधिसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।

पक्राउ परेका दिनेशलाई हिरासतमा लिएर थप अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

प्रतिक्रिया