Listen LIVE

चार अर्बको लगानीमा बर्दियामा टायल उद्योग सञ्चालन

नेपालगञ्ज : बर्दियाको गुलरिया नगरपालिका– ८ मा चार अर्बको लगानीमा लमिनार भिट्रीफिड टायल उद्योग सञ्चालनमा आएको छ । देशभरी नै उत्पादन पु¥याउने उद्देश्यले सुबरत धिताल, अभिनव चुडिवाल र श्याम खेतानको लगानीमा उद्योग सञ्चालनमा आएको हो।

भदौ १ गतेदेखि उत्पादन शुरु गरेको उद्योगले एक महिना परीक्षणकाल सकेर बजारमा टायल पठाउन थालिसकेको छ। साढे १२ विगाह जग्गा लिएर उद्योग स्थापना गरिएको छ। यो भिट्रीफिड टायलको एकमात्र उद्योग भएको बताइएको छ। भारतको राजिस्थानबाट कच्चा पदार्थ ल्याएर टायल बनाउने गरिएको छ।

उद्योगको एक दिनमा एक लाख ४० वर्गफिट उत्पादन क्षमता रहेको छ। यसमा अझै १० देखि १५ प्रतिशत उत्पादन बढाउन सकिने सञ्चालक अभिनव चुडिवालले जानकारी दिए। पश्चिम नेपालमा यति धेरै लगानीको टायल उद्योग छैन। उद्योगमा तीन सय बढी कर्मचारी रहेका छन्। दिनको अढाई सयदेखि तीन सय मेट्रिक टन माटो खपत हुने गरेको छ। उद्योगको अहिलेसम्म सय बढी डिलर सञ्चालनमा आइसकेको छ।

भारतबाट आएको टायल भन्दा यो गुणस्तरीय र २० प्रतिशतसम्म सस्तो रहेको सञ्चालक चुडिवालले बताए। ग्याँसीफायरको प्रयोग, गुणस्तरका लागि इटालियन मेसिन, नेपालकै कम उद्योगमा रहेको डस्ट कलेक्टर यहाँ रहेको छ। सञ्चालक चुडिवालका अनुसार, डडेल्धुरामा खानी फेला परेकाले शुरुमा उद्योग सुदूरपश्चिममै राख्ने योजना बनाइएको थियो।

अमेरिकी खर्बपति एलन मस्कलाई नेपाल आउन प्रधानमन्त्री ओलीको निम्तो

धनगढीमा मेसो नमिलेपछि बर्दियामा उद्योग सञ्चालनमा ल्याइएको हो। यहाँबाट अहिले काकडभिट्टासम्म उत्पादन पुगिसकेको छ। चुडिवालले टायलको रेसपोन्स राम्रो आएको, प्रयोग गर्नेहरुले राम्रो मानेको, डिलरहरु उत्साहित भएको दावी गरे। उनले बजारमा सिरामिक टायललाई भिट्रीफिड टायल भनेर बिक्री वितरण भइरहेको बताए।

‘भिट्रीफिड टायलको मापदण्ड नै छैन, जसलाई पनि भिट्रीफिड भनिएको छ, चुडिवालले भने, सिरामिक टायललाई पनि भिट्रीफिड भन्ने गरिएको छ। त्यसो होइन, लमिनारमात्रै भिट्रीफिड टायल हो।’ यो टायलको मूल्य प्रतिवर्गफिट ८० देखि दुई सय रुपैयाँसम्म रहेको छ। नेपालमा पछिल्लो दुई वर्षभित्रमा ठूल्ठूला टायल उद्योग सञ्चालनमा आएका छन्।

प्रतिक्रिया