Listen LIVE

धनगढीमा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

कैलाली : कैलालीको धनगढीमा रोकिएको ट्रकसँग मोटरसाइकल ठोक्किँदा दुई जना युवकको मृत्यु भएको छ ।

धनगढी उपमहानगरपालिका–७ जेपी चौकमा सुदूरपश्चिम प्रदेश ०१–००१ क १६९० नम्बरको रोकिराखेको ट्रकमा पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको से ५ प ३४१४ नम्बरको मोटरसाइकल पछाडिबाट ठोक्किएको प्रहरीले जानकारी दिएको छ ।

मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका–१२ का १९ वर्षका गणेश कुँवर र १८ वर्षका अनिस सिंह रहेको कैलाली प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूलाई उपचारका लागि सेती प्रादेशिक अस्पतालमा लगिएकोमा बिहीवार राति नै मृत्यु भएको हो ।

प्रतिक्रिया