नेपालगञ्ज : बाँकेको बैजनाथ गाउँपालिकाबाट प्रहरीले ब्राउन सुगरसहित तीन जनालाई पक्राउ गरेको छ।
विशेष सूचना पाएर गएको इलाका प्रहरी कार्यालय र लागुऔषध नियन्त्रण ब्यूरो नेपालगन्जको टोलीले बैजनाथ गाउँपालिका–७ पेडारीबाट ११ ग्राम ४ सय मिलिग्राम ब्राउन सुगरसहित तीन जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ।
बाँके प्रहरीका अनुसार बैजनाथ गाउँपालिका–७ का ४२ वर्षीय विजय चौधरी, सोही स्थानकै ४९ वर्षीय भारती थारु र २९ वर्षीय रामेश्वर थारुलाई ११ ग्राम ४ सय मिलिग्राम ब्राउन सुगरसहित संयुक्त प्रहरीको टोलीले पक्राउ गरेको हो।
ब्राउन सुगरको कारोबार भइरहेको गोप्य सूचना पाएर विजय थारुको घरमा छापा मारेर उक्त परिमाणको ब्राउन सुगर बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।
प्रहरीले छापा मार्ने क्रममा उनीहरु तीनै जनाले प्लास्टिक सा–साना पोका बनाएर ब्राउन सुगर राख्दै गरेको अवस्थामा पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ।
ब्राउन सुगरसहित पक्राउ परेका तीनै जनालाई लागुऔषध कसुरमा इलाका प्रहरी कार्यालय कोहलपुरले थप अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार