Listen LIVE

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा आजबाट खर–खडाई सुरु

कञ्चनपुर : कञ्चनपुर जिल्लामा रहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा आजबाट छ दिनका लागि दुई चरणमा खर खडाई सुरु भएको छ । 

निकुञ्जको सरसफाइ हुने र मध्यवर्ती क्षेत्रको कमजोर आर्थिक अवस्था भएका जनताहरूलाई घर गोठ झाउन खर उपलब्ध हुने गरि दुई चरणमा छ दिनका लागि  खर खडाई खुल्ला गरेको छ ।

पुष २२ देखि  २४ गतेसम्म निकुञ्ज को पश्चिमी सेक्टरमा र पुष २५ देखि २७ गतेसम्म पुर्वी सेक्टर मा रु ५० को टिकट लिएर मात्रै खर खडाइका लागि प्रवेश दिइएको निकुञ्जले जनाएको  छ । 

खर खडाईका लागि बिहान ७ बजे देखि बेलुका ५ बजेसम्म प्रवेश गर्न पाइने छ ।

खर खडाईका समयमा हुन सक्ने चोरी सिकारी नियन्त्रणका लागि नेपाली सेना र निकुञ्जका कर्मचारी परिचालन गरिएको छ ।

प्रतिक्रिया