बर्दिया : गत फागुन १५ गते मोटरसाईकललाई अटो रिक्साले ठक्कर दिँदा घाइते भएका मोटरसाईकल चालक मक्कुराम थारुको निधन भएको छ ।
नेपालगञ्ज मेडिकल कलेज नेपालगञ्जमा उपचाररत थारुको निधन भएको हो । फागुन १५ गते राती ठाकुरबाबा नगरपालिका वडा नं ३ बगनाह स्थित भुरिगाउँबाट बनकट्टितर्फ जाने क्रममा भे १२ प ११०८ नं को मोटरसाइकललाई भे १ स ८६३२ नं अटो रिक्साले ठक्कर दिएको थियो ।
ठक्करबाट मोटरसाईकलनमा सवार ६० वर्षीय दरबारीया थारुको मृत्यु भएको थियो भने मक्कुराम घाइते भएका थिए । अटो रिक्सा चालक मोटरसाइकललाई ठक्कर दिएर भागेको थियो । प्रहरीले खोजतलास गर्दा अटोरिक्सा चालक ठाकुरबाबा नगरपालिका वडा २ तिनघरुवा बस्ने ४० वर्षीय धनिराम थारूलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
मृतक मक्कुरामको शवलाई पोष्टमार्टम गरी प्रहरीलाई बुझाईसकिएको छ । उनी चुरो माध्यमिक विद्यालय बगनाहका शिक्षक थिए । उनी २०७४ को स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट नगरप्रमुखको उम्मेद्वार पनि बनेका थिए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार