दाङ : जंगली च्याउ खाएर दिदि– भाइको मृत्यु भएको छ । जंगली च्याउ खाएर रुकुम पूर्वको भुमे गाउँपालिका–५ सेराबाङकी ७ बर्षीया भाग्यरेखा बिकको उपचारका क्रममा दाङको घोराहीस्थित राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय रूकुम पूर्वका अनुसार मंगलबार राति पौने १२ बजेतिर उपचारका क्रममा भाग्यरेखाको मृत्यु भएको हो । साउन ५ गते दिउँसो मात्रै भाग्य रेखाका ३ बर्षीय भाइ योजन बिकको सल्यानमा उपचारका क्रममा मृत्यु भएको थियो ।
च्याउ खाएका मध्य उनीहरुकी आमा ३५ बर्षीया रामकुमारी सुनारको दाङमा उपचार जारी छ । रामकुमारीकी जेठी छोरी ९ बर्षीया आयुषा बिकको भने रुकुम पश्चिम अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।
साउन २ गते आमा रामकुमारीले स्थानीय जंगलबाट खोजेर ल्याएको च्याउ घरमा ल्याइ चार आमा छोरा छोरीले खाएका थिए । च्याउ खाएपछि विस्तारै उनीहरुमा स्वास्थ्य समस्या देखिन थालेको थियो । सुरुमा वास्ता नगरेका उनीहरु बिस्तारै शिथिल हुँदै गएपछि तीन दिन पछि मात्रै साउन ५ गते मात्रै अस्पताल पु¥याइएको थियो ।
जतिखेर उनीहरुको स्वास्थ्य अवस्था गम्भीर बनि सकेको थियो ।रुकुम पूर्वमा उपचार संभव नभएपछि रकुम पश्चिम र त्यहाँ पनि संभव नभएपछि सल्यान हुँदै दाङमा ल्याइ उपचारको प्रयास गरिएको थियो ।
जंगली च्याउ खाँदा बिरामी परेका चार आमा छोरा छोरी मध्य दुई जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार