जाजरकोट : जाजरकोट उद्योग वाणिज्य संघले प्रत्येक महिनाको दुई दिन बजार बन्द गर्ने निर्णय गरेको छ । सङ्घको १८औं वार्षिक साधारण सभाको निर्णय अनुसार अबदेखि प्रत्येक महिनाको पहिलो र अन्तिम शनिबार सदरमुकाम खलङ्गा बजार बन्द गरिने भएको हो ।
सङ्घका अध्यक्ष रमेश केसीका अनुसार पहिलो चरणमा भेरी नगरपालिकाभित्रका बजारका पसलहरू बन्द गरिने छ । सो निर्णय आजदेखि लागु गरिएको छ । उहाँले व्यवसायीहरूकै मागअनुसार यस्तो निर्णय गरेको बताए ।
‘‘हामीले भन्दा पनि व्यवसायीहरूले हामीलाई दुई दिन फुर्सद चाहियो बजार बन्द गर्ने निर्णय गरिदिनु प¥यो भनेर आउनुभयो’’ उनले भने, ‘‘हामीले उहाँहरूकै माग बमोजिम पसलमा गएर दुई सय ६ व्यवसायीको हस्ताक्षर गरेर बजार बन्द गर्ने निर्णय गरेका हौँ,’’ बन्दको समयमा होटल र मेडिकल भने सञ्चालन गर्न पाइने छ भने तरकारी पसलहरू बिहान ८ सम्म र बेलुका ५ बजेपछि मात्रै खोल्न पाइने व्यवस्था गरिएको अध्यक्ष केसीले बताए ।
तोकिएका पसल बाहेक नियम विपरीत अन्य पसल खोलेमा पहिलो पटक पाँच सय रुपैयाँ, दोस्रो पटक एक हजार र तेस्रो पटक एक हजार पाँच सय रुपैयाँ जरिवाना गरिने अध्यक्ष केसीले जानकारी दिए ।
त्यस्तो उल्लङ्घन दोहोरिएमा जरिवाना क्रमशः बढाइने उनको चेतावानी छ । आजैदेखि निर्णय लागु भएसँगै खलङ्गा बजारका सबै पसल बिहानैदेखि बन्द गरिएका छन् भने बजार क्षेत्र सामान्यतया सुनसान देखिएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार