Listen LIVE

खैरो हेरोइनसहित बाँकेमा एक जना पक्राउ

नेपालगञ्ज : खैरो हेरोइनसहित एक जना बाँकेमा पक्राउ परेका छन् । बैजनाथ गाउँपालिका–२ पहाडिपुरका ३० वर्षीय लोकेन्द्र खाँण ठकुरी लागुऔषधसहित पक्राउ परेका हुन् ।

लागुऔषधको कारोबार भइरहेको सूचना पाएर गएको लागुऔषध नियन्त्रण ब्यूरो कार्यालय नेपालगञ्जको टोलीले ठकुरीलाई ६ ग्राम ४४० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।

लागुऔषध नियन्त्रण ब्यूरोले अपरेशनमा आइतबार राति घरबाटै पक्राउ परेका ठकुरी र बरामद गरिएको राति खैरोहेरोइन र मोबाइललाई आबश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय कोहलपुर बुझाइएको छ ।

प्रतिक्रिया