नेपालगञ्ज : बाँकेका हुलाक कार्यालयले सूचना विभागका विभिन्न सेवा प्रदान गर्न थालेको छ। यसअन्तर्गत एफएम रेडियो तथा केबलको नवीकरण तथा अनुगमन, पत्रपत्रिकाको लोककल्याणकारी विज्ञापनको भुक्तानी, प्रेस पास नवीकरणलगायतका सेवा हुलाक कार्यालयबाटै उपलब्ध गराइँदै छन्।
यस कदमसँगै हुलाक कार्यालयले आफ्नो सेवा दायरालाई थप व्यापक बनाएको छ। बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले हुलाकलाई चिठी पत्रलगायत महत्वपूर्ण दस्ताबेजहरू सुरक्षित रूपमा सम्बन्धित व्यक्ति वा संस्थासम्म पु¥याउने विश्वसनीय माध्यम भएको उल्लेख गरे। उनले आधुनिक सूचना प्रविधिको युगमा पनि हुलाकको महत्त्व घटेको नभई बरु अझै बढेको बताए।
हाल बाँके जिल्लामा ११ इलाका हुलाक र ३५ अतिरिक्त हुलाक कार्यालयमार्फत सेवा प्रवाह भइरहेको छ। यद्यपि, धेरैजसो हुलाक कार्यालयहरू भाडाका भवनमा सञ्चालन भइरहेका छन्।
सूचना प्रविधिको विकास र डिजिटल युगमा प्रवेश गर्दा पनि हुलाक सेवाले आफ्नो महत्त्व कायम राखेको छ। विभिन्न क्षेत्रका सञ्चार माध्यमहरूको नवीकरण र अनुगमन कार्यले हुलाक कार्यालयलाई स्थानीय तहमा अझ प्रभावकारी बनाएको छ।
यो पहलले हुलाक कार्यालयहरूको पहुँच र सेवाको गुणस्तरमा सुधार ल्याउने विश्वास गरिएको छ, जसले आम सर्वसाधारणलाई छिटो, सुरक्षित र प्रभावकारी सेवा दिनेछ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार