कोहलपुर (बाँके) : “विश्वभरी फैलिएका हामी जनजाति हामी आदीवासी । जोगाइ राखौ भेषभुषा भाषा सस्कृति” भन्ने मुलनाराका साथ आगामी पुस ९ गतेदेखि १७ गतेसम्म कोहलपुरमा सञ्चालन हुने प्रथम कृषि तथा पर्यटन प्रवद्र्धन व्यापारिक संरक्षण तथा साँस्कृतिक महोत्सव (एस्पो २०८१) को तयारी तिव्र पारिएको छ ।
नेपाल आदीवासी जनजाती महासंघ नगर समन्वय परिषद कोहलपुर बाँकेको आयोजना तथा श्री भावना एम्युजमेन्ट प्रालीको व्यस्थापनमा अयोजना गरिन लागेको महोत्सवलाई भव्य र सभ्यरुपमा सञ्चालन गर्न तयारी तिव्ररुपमा अगाडी बढाएको छ । महोत्सव सञ्चालनका लागि हालसम्म ८० प्रतिशत काम सम्पन्न भईसकेको महोत्सव समिति संयोजक कृष्णबहादुर पुन मगरले जानकारी दिए ।
स्टल निमार्ण, बालउद्यान, घेराबार पर्खाल निमार्ण लगायतका कामहरु सम्पन्न भइसकेका छन् । त्यस्तै मञ्च निमार्ण, गेट निमार्ण लगायतका कामहरु धमाधम अगाडी बढाइएका छन् । मेलामा करिब २५० वटा व्यापारिक स्टल तथा २० वटा होटल स्टल रहने स्टल तथा प्रायोजक व्यवस्थापन संयोजक हेमन्त पुनले जानकारी दिए । उनका अनुसार हालसम्म ५० प्रतिशत स्टल बुकिङ्ग भईसकेका छन् ।
मेलाको उदघाटन सत्रमा आउने झाँकीहरु समेत तयारी भईसकेको र मेलमा आउने राष्ट्रियस्तरका कलाकारहरुसंग पनि सम्पर्क भईरहेको जनाइएको छ । मेलमा करिब ६७ जनाभन्दा धेरै राष्ट्रियस्तरका कलाकारहरु आउने कला तथा सांस्कृति समितिले जनाएको छ ।
मेलामा बालउद्यान, कृषि प्रर्दशन, व्यापारिक स्टलहरु, हात्ती सफारी, उँट प्रर्दशनी, कराते र उस्सु खेललगायतका प्रर्दशनी गरिनुका साथै मगरखाना परिकार, गरुङ्ग खाना परिकार, थारु परिकार, नेवार खाना परिकारका साथै अन्य जातिय खाना परिकारहरुको प्रर्दशनी गरिने आयोजकले जनाएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार