सल्यान : सल्यानको कालिमाटी गाउँपालिकामा बाघको आक्रमणबाट एउटै घरका नौ वटा बाख्रा मरेका छन् भने दुई वटा घाइते र दुई वटा बेपत्ता भएका छन्।
कालिमाटी गाउँपालिका–३ साठिघरेका स्थानीय किसान सागर रेउलेका बाख्रालाई चरिचरणका क्रममा धनारी सामुदायिक वन क्षेत्रमा बाघले आक्रमण गरेको हो।
चैत ३ गते दिउँसो करिब ३ बजेतिर भएको उक्त घटनामा घरमा रहेका १९ बाख्रामध्ये अधिकांश क्षति पुगेको उनले बताए । उनले भने, æयही चैत ३ गते दिउँसो करिब ३ बजेतिर को घटना हो । म खोलामा जाली हान्ने काममा गएको थिएँÆ, पीडित किसान सागरले भन्नुभयो, æघरबाट श्रीमतीले फोन गरेपछि मात्रै थाहा पाएँ ।Æ
बाख्रापालन मुख्य आम्दानीको स्रोत रहेकाले उक्त घटनापछि परिवार आर्थिक सङ्कटमा परेको उनले गुनासो गरे।
बाघको बढ्दो आतङ्कले मानिसमाथि पनि आक्रमण हुन सक्ने भन्दै स्थानीयमा त्रास फैलिएको छ। æहाम्रो मुख्य पेशा नै बाख्रापालन थियो, बाख्रा मारेपछि अब परिवार कसरी पाल्ने भन्ने चिन्ता छ,Æ उनले दुःख पोखे ।
स्थानीयवासीले नजिकैको बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रबाट बाघ गाउँतर्फ पसेर समस्या बढेको बताउँर्दै नियन्त्रणका लागि सम्बन्धित निकायसँग माग गरेका छन्।
कालिमाटी गाउँपालिका–३ का वडा अध्यक्ष शिवबहादुर खत्रीले पीडितलाई राहत उपलब्ध गराउन आवश्यक समन्वय भइरहेको जानकारी दिए।
वन्यजन्तुबाट भएको क्षतिको राहत वितरणसम्बन्धी निर्देशिकाअनुसार प्रक्रिया अघि बढाइने उनले बताए। वडाध्यक्ष खत्रीका अनुसार बाघले बाख्राको घाँटीमा आक्रमण गरी मार्ने र रगत चुस्ने प्रवृत्ति देखिएको छ।
स्थानीयरूपमा …निङालो बाघÚ भनिने बाघले नै आक्रमण गरेको हुन सक्ने अनुमान गरिएको छ। उनले स्थानीयलाई सचेत रहन आग्रह गरे । पछिल्लो समय यस क्षेत्रमा जंगली जनावरको गतिविधि बढ्दै गएकाले थप सतर्कता अपनाउनुपर्ने देखिएको छ।
केही समय अघि मात्रै कालिमाटीको वडा नं ६ र ७ तथा आसपास क्षेत्रमा बाघको आक्रमणबाट तीन जना मानिसले ज्यान गुमाइसकेका छन् ।
यस्तै यही फागुनको अन्तिम साता जिल्लाको शारदा नगरपालिका, ९ सुनचौर क्षेत्रमा बाघले आठ वटा बाख्रा तथा भेडा मारेको थियो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार