Listen LIVE

छोराको सम्झनामा रोका दम्पत्तीले खानेपानीकोे धारा निर्माण गरे

नेपालगञ्ज : बाँकेको खजुरा ४ ईगाउँमा एक दम्पत्तिले छोराको स्मृतिमा पिउनेपानीको धारा निर्माण गरेका छन् ।

जेष्ठ सुपुत्र अर्जुन रोकाक्षेत्रीको निधन भएको ४५औं दिनको पुण्यतिथिको सन्दर्भ पारेर आईतबार ईगाउँ चोकमा खानेपानीको धारा निर्माण गरि सञ्चालनमा ल्याइएको छ । स्व. अर्जुनका बुवा चोकबहादुर र आमा खिमा रोकाले आईतबार संयुक्तरुपमा खानेपानी धाराको शुभारम्भ गरे ।

स्थानीय सर्वसाधारण तथा बटुवालाई लक्षित गरि उनीहरुको सहजताका लागि खानेपानीको धारा निर्माण गरिएको स्व. अर्जुन रोकाका पिता चोकबहादुरले बताए । २६ बर्षीय अर्जुन रोकायको गत साउन ४ गते नेपालगञ्जको धम्बोझीमा मोटरसाईकल दुर्घटनामा परेर निधन भएको हो । स्व.अर्जुन रोकाको २६औं जन्मदिनको सन्दर्भ पारेर भदौं १९ गते वडा कार्यालयमा बृक्षारोपण गरिने भएको छ ।

प्रतिक्रिया