जुम्ला : जुम्लामा माटोको ढिस्कोमा पुरिएर एक जना महिलाको मृत्यु भएको छ । घर लिपपोत गर्ने माटो ल्याउन गएकी चन्दननाथ नगरपालिका–६ की अन्दाजी २५ वर्षीय बिमला सुनारको ढिस्कोमा पुरिएर मृत्यु भएको हो ।
चन्दननाथ नगरपालिका–४ स्थित मालाभिडमा रहेको माटी खानीमा माटो निकाल्दै गर्दा एक्कासी माटोको ढिस्को खसेपछि पुरिएर शनिवार दिउँसो करिब साँढे १ बजे मृत्यु भएको डिएसपी छेदिलाल कामतीले बताए ।
मृतक बिमला सुनारका श्रीमान् हाल वैदेशिक रोजगारीको सिलसिलामा देशबाहिर रहेका छन् ।
2025-02-01
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार