नेपालगञ्ज : लागुऔषधसहित बाँकेमा एक जना पक्राउ परेका छन् । नेपालगञ्ज–१९ बस्ने २२ वर्षीय धिरज पुन मगर लागुऔषधसहित पक्राउ परेका हुन् ।
नेपालगञ्ज उपमहानगरपालिका–१५ जमुनाहाबाट लागुऔषध नाईट्राजेपाम ४३ ट्याब्लेटसहित उनी पक्राउ परेका बाँके प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय जमुनाहा र लागुऔषध नियन्त्रण ब्यूरो नेपालगञ्जबाट खटिएको प्रहरीले भारतको रूपईडिहाबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त लागुऔषधसहित पक्राउ गरेको हो । उक्त सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
2024-11-25
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार