नेपालगञ्ज : लागुऔषधसहित बाँकेमा एकजना पक्राउ परेका छन् । नेपालगञ्ज उपमहानगरपालिका–२० एयरपोर्ट प्रगती टोलबाट लागुऔषधसहित २४ वर्षीय समिम कुरेसी पक्राउ परेका हुन् ।
लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ७ सय ४० मिलिग्रामसहित नेपालगञ्ज ८ ग्रिनसिटि बस्ने कुरेसीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरी बिट राँझा र इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । उक्त सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
2024-09-15
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार