प्युठान : प्युठानको ऐरावती गाउँपालिकामा मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु भएको छ ।
ऐरावती गाउँपालिका–२ हरियाखोलामा लु २७ प ९१३४ नम्बरको मोटरसाइकल दुर्घटनामा ऐरावती गाउँपालिका–६ अर्लावाङका २७ वर्षीय नवराज श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जानकारी दिएको छ ।
शनिबार राति ११ बजे दुर्घटनामा परि गम्भीर घाइते भएका श्रेष्ठको उपचारको क्रममा राती १ बजे जिल्ला अस्पताल प्युठानमा मृत्यु भएको हो ।
2024-10-20
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार